• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने
  • तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति द्वारा संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण
  • नालामा लडेको अवस्थामा भेटिएका एकजनाको मृत्यु
  • झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आईसियु सेवा सुरू
  • पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित
मोफसल समाचार
नापी कार्यालय दमकका सर्वेक्षक, ६ लाख ८० हाजार घुष सहित पक्राउ
प्रकाशित मिति: सोमबार, जेठ १, २०७४

  झापा, १ जेठ । नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल आज दिउसो घुष लिएको आरोपमा पक्राउ परेका छन ।

मण्डललाई आज दिउँदो अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नापी कार्यालय परिसरमानै रंगेहात पक्राउ गरेको हो ।

मण्डलले कमल गाँउ पालिकाका एक सेवा ग्राहिबाट पल्टीग गरेको जग्गाको नक्शा एकिकृत गरिदिएवापत नगद ६ लाख ८० हाजार घुष लिएको आरोपमा पक्राउ गरिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका डिएस्पि रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

मंण्डललाई आज दिउँसो करिब २ बजे अक्तियारको टोलीले घुष लिएको रकम सहित पक्राउ गरेको हो र्। आवश्यक कारबाही पछि थप अनुसन्धान शुरु गरिएको डिस्पी बस्नेतले जानकारी दिनुभयो ।

Comments