• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
खेलकुद
झापामा जिल्लास्तरिय छात्रछात्रा फुटबल तथा क्रिकेट प्रतियोगिता हुने
प्रकाशित मिति: आइतबार, बैशाख ३१, २०७४

झापा, ३१ बैशाख । खेलकुद विकास समितिको आयोजनमा झापामा जिल्लास्तरिय छात्रछात्रा फुटबल तथा क्रिकेट प्रतियोगिता हुने भएको छ । 

जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा जेठ १ देखि ९ गतेसम्म प्रतियोगीता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंंखर थापाले जानकारी दिनुभयो । सोमबार हुने उद्घाटन खेलमा फुटबल छात्र तर्फ भृकुटी मावि दुर्गापुर र इष्ट होराईजन मावि धुलाबारी विच हुनेछ । यस्तै छात्रा तर्फ ज्यामिरगढी मावि र शैनिक वाल शिक्षा स्कुल धरमपुर विच हुने छ । त्यस्तै  क्रिकेट छात्र तर्फ काँकभिट्टा मावि र हरिकुल मावि सुरुङ्गा विच हुने छ  भने छात्रातर्फ अरुणोदय मावि काँकरभिट्टा र राष्ट्रिय रमणिय मावि दुधे विच हुने छ । क्रिकेट छात्र तर्फ १० वटा खेल र छात्रतर्फ ५ खेल हुनेछ । त्यस्तै फुटबलमा जम्मा छात्र तर्फ १५ खेल र छात्रा तर्फ १० खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 
 

Comments