• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने
  • तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति द्वारा संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण
  • नालामा लडेको अवस्थामा भेटिएका एकजनाको मृत्यु
  • झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आईसियु सेवा सुरू
  • पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित
स्वास्थ्य
स्थानीय तह निर्वाचनमा भोट हाल्न पुरानाे मतदाता परिचय पत्र प्रयोग नहुने : निर्वाचन आयोग
प्रकाशित मिति: बुधबार, बैशाख २७, २०७४

२७ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ । 

आयोगले मतदाता परिचयपत्रको स्वरुप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले अब पुरानो परिचय पत्र काम नलाग्ने भएको जनाएको छ । आयोगले सबै मतदातालाई बैशाख २८ देखि ३० गतेसम्म आफनो मतदान स्थलमा पुगेर नयाँ परिचय पत्र लिनसमेत आग्रह गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुरानो मतदाता परिचयपत्रले मत हाल्न नपाइने प्रष्ट पार्नुभयो । निर्वाचन आयोगले पानीले नभिज्ने, सुरक्षा कोडसमेत राखिएको सुरक्षित मतदाता परिचयपत्र यसपटक  वितरण गर्दैछ । पहिलो चरणको स्थानीय तहको निर्वाचन बैशाख ३१ गते हुदैछ । 
 

Comments