• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने
  • तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति द्वारा संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण
  • नालामा लडेको अवस्थामा भेटिएका एकजनाको मृत्यु
  • झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आईसियु सेवा सुरू
  • पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित
बिजनेस
एक किलो सुनसहित तीन जना पक्राउ
प्रकाशित मिति: शनिबार, बैशाख १६, २०७४

दमक, १६ वैशाख । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।
सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो । यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो

Comments