• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
मोफसल समाचार
रेडक्रस सोसाईटी उपशाखा भवनको आज उद्घाटन
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

झापा, ८ बैशाख । झापाको कमल गाँउपालिकामा निर्माण गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा भवनको आज उद्घाटन गरिएको छ ।

उपशाखाको चौथो सभाको अवसरमा नवनिर्मीत भवनकोे रेडक्रस सोसाईटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो ।  साविक लखनपुर–१ हाल कमल गाँउपालिका वडा नम्बर ५ मा रेडक्रसले करिव २८ लाख रुपैयाको लागतमा तीन कोठासहित एक तले पक्की भवन निर्माण गरेको थियो ।  २०७१ माघ ९ गते शिलान्यास गरिएको सो भवन निर्माण गर्न विभिन्न दाताहरुले ३८ लाख रुपैया सहयोग गर्नुभएको भवन निर्माण उपसमितिका संयोजक तथा उपशाखा सभापति चन्द्र शाहले जानकारी दिनुभयोे ।

रेडक्रस उपशाखाको भवन बनाउन स्थानीय दाताहरु मुक्ति कार्कीले २ कठ्ठा, वीरवहादुर राईले १ कठ्ठा, भानुभक्त दाहालले ५ धुर , भोजविक्रम जोशीले १ कठ्ठा , बेदनिधी पौडेलले १० धुर र मोहन थापाले १० धुर लाखौ मुल्य बराबरको जग्गा निशुल्क प्रदान गर्नुभएको शाहाले जानकारी दिनुभयो । सो अवसरमा रेडक्रसका केन्द्रीय अध्यक्ष थापाले रेडक्रस लखनपुर उपशाखाको जग्गा उपलब्ध गराउनु हुने जग्गादाता, भवन निर्माणका दाता, एम्बुलेन्स खरिद गर्ने दाताहरुलाई सामूहिक रुपमा सम्मान समेत गर्नुभएको थियो ।  

Comments