• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • नेकपा एमालेका धरानका मेयरका प्रत्यासी तारा सुब्बाको घरमा बम विस्फोट
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
मोफसल समाचार
धनकुटामा आउँदो शैक्षिक सत्रवाट कृषि क्याम्पस सञ्चालनमा आउने
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

धनकुटा, ८ बैशाख । आउँदो शैक्षिक सत्रवाट धनकुटाको पाख्रिवासमा आउँदो शैक्षिक सत्रवाट कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । 

बैशाख पाँच गते प्रधानमान्त्रि पुष्प कमल दहाल सहित बसेको बिश्व बिद्यालय सभाको बिशेष बैठकले धनकुटा सहित छ स्थानमा कृषि क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरेसँगै धनकुटाको पाख्रिवासमा सञ्चालनमा आउने भएको हो । एक महिना अघि कृषि क्याम्पस सञ्चालनको अध्यन गर्न आएको प्राबिधिक टोलीले कृषि अनुसन्धान केन्द्र नजिकै क्याम्पस सञ्चालन गर्न प्राबिधिक रुपले उपयुक्त ठहर गरको थियो । क्याम्पस सञ्चालनकालागि स्थानीयले ३६ रोपनी जग्गा समेत उपलब्ध समेत गराईसकेको धनकुटाका पूर्ब सभासद हेमराज भण्डारील जानकारी दिनुभयो । यो बर्ष कृषि अनुसन्धान केन्द्र पाख्रिवास सगै रहेको जाल्पा देबी स्कूलमा सञ्चालन गरिने भएको छ । तर अर्को बर्षवाट भने आफ्नै भवनमा क्याम्पस सञ्चालनमा आउने छ ।
 

Comments