• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • नेकपा एमालेका धरानका मेयरका प्रत्यासी तारा सुब्बाको घरमा बम विस्फोट
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
राष्ट्रिय
सरकार र मधेस केन्द्रित दलबिचको छलफल सकारात्मक, साझ फेरि बैठक बस्ने
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

काठमाण्डाैँ, ८ बैशाख । सरकार र मधेस केन्द्रित दलबिचको छलफल सकारात्मक भएपनि साझ फेरि बैठक बस्ने भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलका नेताहरुले सरकारले ल्याएको संविधान संशोधन विधेयक परिमार्जन भएमा चुनावमा सहभागी हुने संकेत गरेका हुन् ।  बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता लक्ष्मणलाल कर्णले सरकारले परिमार्जन सहित संशोधन गर्ने प्रतिबद्धता जनाए आफूहरु चुनावमा सहभागी हुने बताउनु भयो । तर अहिलेकै विधेयक स्वीकार्य नहुने उनीहरुले अडान दोहोर्याएका छन् । हिजो मात्रै पार्टी एकता गरेका मधेसी नेताहरुलाई प्रधानमन्त्रीले वार्तामा बोलाउनु भएको हो । वैठकमा प्रधानमन्त्री पुसष्पकमल दाहालले संशोधन विधेयकमा सहमतिमा गरेर वैशाख ३१ गते हुने चुनावमा सहभागी हुन आह्वान गर्नुभएको थियो ।

मधेस केन्द्रित दलका नेताहरुले भने चुनावभन्दा संविधान संशोधन आफूहरुको मुख्य चासो भएको भन्दै सरकारले ल्याएको प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको चुनावमा सहमति जुटाउन सत्तारुढ दलको बैठक दिउँसो ३ बजे बस्नेछ । यस विषयमा एमालेसँग पनि कुरा हुने माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । बेलुकी ५ बजे सरकार र मधेसवादी दलबिच फेरि बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Comments