• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • संशोधन प्रस्ताव एमालेकै समर्थनमा पारित हुने : कानूनमन्त्री नायक
  • पाँचथरमा स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा
  • केन्द्रमा बढीमा २५ प्रतिशत कर्मचारी रहने
  • कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
  • निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई प्रमुख निर्वाचन आयुक्तकाे आग्रह
अन्तर्राष्ट्रिय
पेरिसमा गोलीकाण्ड : आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ ओलान्दकाे दावी
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

८ बैशाख । फ्रान्सको राजधानी पेरिसमा गरिएको गोलीकाण्डमा आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ ओलान्दले दावी गरेका छन् ।

एक प्रहरी मारिने गरी गराइएको आक्रमणमा अरु दुई जना घाइते भएका छन् । प्रहरी कारवाहीमा गोली प्रहार गर्ने व्यक्ति पनि मारिएका छन् । इस्लामिक अतिवादी समूह आईएसले घटना आफूले गराएको दावी गरेको छ । पेरिसको शान्जे लीजे भन्ने स्थानमा भएको घटनापछि शहरभरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । एउटा कारबाट उत्रेका आक्रमणकारीले एकाएक स्वचालित बन्दूकले प्रहरीको बसमाथि गोली प्रहार गरेर भागेको र पछि प्रहरी कार्वाहीमा मारिएको प्रहरीले जनाएको छ ।

फ्रान्समा आइतवार राष्ट्रपति पदको निर्वाचन हुँदैछ । निर्वाचनको ठीक अगाडी भएको घटनापछि मुलुकभर आतंकवाद विरोधी अभियान तीब्र पारिएको जनाइएको छ । राष्ट्रपति निर्वाचनको मूख्य मुद्दा नै इस्लामिक आतंकवाद रहेको छ । सन् २०१५ देखि अहिलेसम्म फ्रान्समा भएको इस्लामिक अतिवादी आक्रमणमा २ सय ३८ जना मारिइसकेका छन् । जस मध्ये धेरै घटनाको जिम्मेवारी आईएसले लिएको छ । 

Comments