• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
राष्ट्रिय
स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने : अध्यक्ष ओली
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

काठमाण्डाै, ७ बैशख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताउनु भएको छ । 

थाइल्यान्डमा नियमित उपचार गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाले तोकिएको समयमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहो¥याउनुभयो । अध्यक्ष ओलीले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुन्छ भन्नेमा ‘बट र इफ’ भन्ने नहुने स्पष्ट पार्नुभयो । विभिन्न मधेसी दल आपसमा एकीकरण हुनु सकारात्मक कार्य हो भन्दै उहाँले पार्टीले निर्वाचनको घोषणापत्र जारी र उम्मेदवार चयनको अन्तिम प्रक्रियामा रहेको पनि उल्लेख गर्नुभयो ।

ओलीले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकको सुझाव अनुसार आफ्नो हर्नियाको शल्यक्रिया गरिएको र त्यो सफल भएको बताउनुभयो । अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्बाङलगायतले स्वागत गर्नुभएको थियो ।

Comments