• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
राष्ट्रिय
कुनैपनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुने : प्रधानमन्त्री
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

झापा, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनैपनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुने दाहोर्याउनुभएको छ । 

झापाको विर्तामोडमा आयोजित योङ कम्युनिष्ट लिग र अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलन उदघाटन समारोह तथा जनसभालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई चुनावमा ल्याउने सरकारको प्रयास जारी रहेको र मोर्चापनि चुनावमा आउने आफुलाई बिश्वास रहेको स्पष्ट पार्नुभयो । उहाले मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गरे त्यो मोर्चाको ऐतिहासिक भुल हुने उल्लेख गर्नुभयो ।  सभामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की, नेता गोपाल किराती लगायतले सम्बोधन गर्नुभएको थियो । 


 

Comments