• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • संशोधन प्रस्ताव एमालेकै समर्थनमा पारित हुने : कानूनमन्त्री नायक
  • पाँचथरमा स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा
  • केन्द्रमा बढीमा २५ प्रतिशत कर्मचारी रहने
  • कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
  • निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई प्रमुख निर्वाचन आयुक्तकाे आग्रह
राष्ट्रिय
पाँच मधेसी पार्टीबीच एकता, पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ र चुनाव चिन्ह छाता
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

काठमाडौं, ७ बैशाख ।  पाँच मधेसवादी दलबीच पार्टी एकता भएको छ। तराई मधेसका तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच बिहिबार राजाधानीमा एक कार्यक्रम गरी पार्टी एकता भएको घोषणा गरेका हुन्।

कार्यक्रममा पाँच दलबीच एकतापछिको पार्टीको नाम, चुनाव चिन्ह, झण्डा समेत सार्वजनिक गरिएको छ । बुधबार राति अबेरसम्म ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गर्दै आजै एकताको घोषणा गर्ने निर्णय गरेको थियो। एकीकृत नयाँ पार्टीको झण्डामा तीन रङ रातो, सेतो र हरियो मिसिएको छ । रातो क्रान्ति, सेतो शान्ति र हरियोले समृद्धिको संकेत गर्ने नेताहरुले बताएका छन्। पार्टी सञ्चानका लागि अध्यक्षमण्डल बनाउने र सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलको नेता रहनेछन्। महन्त ठाकुरले अध्यक्ष मण्डलको नेतृत्व गर्नेछन्।

Comments