• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
राष्ट्रिय
९२ रनको भारी अन्तरले पराजित गर्दै चौराहा धनगढी, डिपिएल क्रिकेटको फाइनलमा प्रबेश
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

रुपन्देही, ७ बैशाख । शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाइ ९२ रनको भारी अन्तरले पराजित गर्दै पारस खड्काको टिम चौराहा धनगढी डिपिएल क्रिकेटको फाइनलमा प्रबेश गरेको छ । 

सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सम्पन्न खेलमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको रुपन्देही १५ दशमलब २ ओभरमा ८० रनमै समेटिएपछि धनगढीले फाइनलमा स्थान बनाएको हो । रुपन्देहीका ब्याट्सम्यानहरु चल्न नसकेको खेलमा कृष्ण कार्की र राजेश पुलामी मगरले समान १४ तथा पुष्प थापाले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् । धनगढीका लागि शौरभ खनाल र ललित राजबंशीले समान ३–३ विकेट लिदा आरिफ शेखले २ तथा सुशान भारीले १ विकेट लिदै रुपन्देहीको इनिङ धरासायी पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो । धनगढीका लागि कप्तान पारस खड्काले प्रतियोगिताकै सर्वाधिक ६७ रन बनाए । ४१ बल सामना गरेका पारसले ४ छक्का र ६ चौका प्रहार गरे । यसैगरी राजु रिजालले २५ रन तथा सौरभ खनालले २४ रनको योगदान दिए । बलिङ्गतर्फ रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच पारस खड्का घोषित भए । प्रतियोगिताको उपाधीका लागि शनिबार धनगढीले शरद भेषावकरको बिराटनगर किङ्ससँग खेल्ने छ । 

Comments