• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • संशोधन प्रस्ताव एमालेकै समर्थनमा पारित हुने : कानूनमन्त्री नायक
  • पाँचथरमा स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा
  • केन्द्रमा बढीमा २५ प्रतिशत कर्मचारी रहने
  • कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
  • निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई प्रमुख निर्वाचन आयुक्तकाे आग्रह
अन्तर्राष्ट्रिय
भेनेजुएलामा सरकारको विरोधमा भएको प्रदर्शनमा तीनजनाको मृत्यु
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

७ बैशाख । दक्षिण अमेरिकी देश भेनेजुएलामा सरकारको विरोधमा भएको प्रदर्शनको क्रममा तीनजनाको मृत्यु भएको छ । 

भेनेजुएलामा राष्ट्रपति निकोलश मदुरोको सरकार विरुद्ध विपक्षीले प्रदर्शन गर्दै आएका छन् । राजधानी कराकसमा एक किशोर तथा कोलम्बियाको सीमा नजिकको सान क्रिटोबालमा एक महिलाको गोली लागेर मृत्यु भएको छ । यस्तै राजधानी कराकसमै एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ । नयाँ राष्ट्रपतीय चुनावको माग गर्दै दशौं हजारले प्रदर्शन गरेका छन् । विपक्षी पार्टीको नेतृत्वमा भएको प्रदर्शनमा धेरैको सहभागिता छ । उनीहरुले जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग पनि गरेका छन् । राष्ट्रपति मदुरोले विपक्षी प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ । यस्तै प्रदर्शनकारीले लुटपाट गरेको आरोप पनि उहाँले लगाउनुभएको छ । विपक्षी नेता हेन्रिक्युज काप्रिलेसले भने प्रदर्शनलाई थप प्रभावकारी बनाउन समर्थकसँग आग्रह गर्नुभएको छ । भेनेजुएलमा आर्थिक संकटको अवस्था आएको छ भने प्रदर्शनले देशको अवस्था थप संकटपूर्ण बन्दै गएको छ ।
 

Comments