• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • संशोधन प्रस्ताव एमालेकै समर्थनमा पारित हुने : कानूनमन्त्री नायक
  • पाँचथरमा स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा
  • केन्द्रमा बढीमा २५ प्रतिशत कर्मचारी रहने
  • कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
  • निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई प्रमुख निर्वाचन आयुक्तकाे आग्रह
राष्ट्रिय
पुँजीगत खर्च बढाउन विकास निर्माणलाई अझ तीव्रता दिने सरकारकाे निर्णय
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

काठमाण्डाै, ७ बैशाख । सरकारले पुँजीगत खर्च बढाउन विकास निर्माणका कामलाई अझ तीव्रता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको मन्त्रीपरिषद् बैठकले पुँजीगत खर्च बढाउनका लागी बिकास निर्माण कार्यलाई तिव्रता दिने निर्णय गरेको हो । आर्थिक बर्ष सकिन लाग्दा पनि पुजीगत खर्च बढ्न नसकेपछि सरकारले निर्माण कार्यलाई तिव्रता दिने निर्णय लिएको हो । बैठकले काभ्रेको पाँचखालका १८ वर्षका अजित तिवारीको परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । गएको असार २९ गते घरबाट हराएकामा असार ३० गते धादिङको गजुरी खोलामा उनको शव फेला परेको थियो । त्यस्तै बैठकले बिपी कोइराला पार्क सिन्धुलीको दुम्जामा र पुष्पलाल पार्क रामेछापमा बनाउने निर्णय गरेको छ । पार्क निर्माणको अध्ययनका लागि ५० लाख छुट्याइएको छ । 

यस्तै सरकारले नेपाल वायु सेवा निगमलाई वाइड बढी जहाज निकाल्नका लागि अनुमति दिँदै जमानी बस्ने निर्णय पनि गरेको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले युरोपियन युनियनलाई जग्गा खरिद गर्न अनुमति दिन, नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले धुर्मुस सुन्तलीद्वारा बर्दिवासमा निर्मित एकीकृत मुसहर बस्तीको लागि सरकारले जिष्ट्रेशन शुल्क मिनाहा गर्ने निर्णय गरेको पनि गरेको छ । 

Comments