• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
  • सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा :संयोजक भट्टराई
राष्ट्रिय
क्रान्तीकारीकाे जिल्ला सम्मेलनमा भाग लिन प्रधानमन्त्री झापा अाउदै
प्रकाशित मिति: बिहीबार, बैशाख ७, २०७४

झापा, ७ बैशाख । आज प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरुको उपस्थितीमा वाइसिएल र अखिल क्रान्तीकारीले विर्तामोडमा जिल्ला सम्मेलन गर्दैछन् । वाइसिएल झापाका संयोजक डम्बर पुलामीले आज पार्टी अध्यक्ष प्रचण्डसहित सुचना तथा सञ्चार मन्त्री एवम् पोलिटब्युरो सदस्य सुरेन्द्र कार्की, पार्टी नेता एवम् पूर्व मन्त्री गोपाल किराँती लगायतका केन्द्रीय नेताहरुको उपस्थितीमा युवा र विद्यार्थीहरुले प्रदर्शनसहित जिल्ला सम्मेलन गर्ने जानकारी दिनु भयो । उहाँका अनुसार ति दुवै संगठनको जिल्ला सम्मेलन उद्घाटन प्रधानमन्त्री दाहालले गर्नुहुनेछ । सो अवसरमा वाइसिएलका कार्यकर्ताहरुले मार्चपास गर्दै शक्ति प्रदर्शन गर्ने जनाइएको छ । सम्मेलनले ति संगठनका लागि जिल्ला नेतृत्व समेत चयन गर्नेछ । 

Comments