• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
राष्ट्रिय
निर्वाचन सुरक्षाका लागि सरकार तयार : गृहमन्त्री
प्रकाशित मिति: बुधबार, बैशाख ६, २०७४

काठमाण्डाैँ, ६ बैशाख । गृहमन्त्री बिमलेन्द्र निधिले आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकार तयार रहेको बताउनु भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको प्रमुख पाँच दलको बैठकबाट बाहिरिने क्रममा मन्त्री निधिले सुरक्षा प्रदान गर्न सरकार तयार रहेको बताउनु भएको हो । उहाले  आफ्नै नेतृत्वमा केन्द्रीय सुरक्षा समन्वय समिति गठन भइसकेको पनि जानकारी दिनुभयो । निर्वाचनमा सेनाले समेत सुरक्षा प्रदान गर्ने उल्लेख गर्नुभयो । यसअघि चुनावी सुरक्षा प्रर्याप्त नभएको भन्ने मध्यरातमा ट्विट किन भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री निधिले ट्विट लेख्नका लागि कुनै खास समय नभएको बताउनुभयो ।

सुरक्षा प्रवन्धको सट्टा अनावश्यक टिप्पणी भन्दै निधीले आलोचना गर्नु भएको थियो । पाँच दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी प्रस्तावका रुपमा नभई व्यक्तिगत रुपमा दुई चरणमा निर्वाचनको प्रस्ताव गरेको पनि निधिले बताउनुभयो ।

Comments