News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
खेलकुद
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भानु माविकाे पाेल्टामा
प्रकाशित मिति: बिहीबार, चैत्र ३१, २०७३

धनकुटा, ३१ चैत्र । धनकुटामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भानु मावि डाँडाबजारले जितेको छ । 

छात्र भलिबल, छात्र कपर्दी, छात्रा कपर्दी र एथलेटिक्स तर्फ प्रथम स्थान हात पार्दै भानु माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ सिल्ड जितेको हो । यस पटक सहित लगातर २०७१ र २०७२ सालमा पनि राष्ट्रपति रनिङ सिल्ड जितेको भानु माध्यमिक विद्यालयले सिल्ड कब्जा गरेको छ । रनिङ सिल्ड जितेको भानु माविले सवै खेलबाट २ सय ३१ अंक प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको पुण्य माविले १ सय २८ र तेस्रो भएको कुरुलेतेनुपा माविले ९४ अंक प्राप्त गरेको छ । प्रतियोगिता विजेता विद्यालय भानु माविले १५ हजार नगद सहित राष्ट्रपति रनिङ शिल्ड, उपविजेताले नगद १२ हजार र तेस्रो हुने विद्यालयले ९ हजार नगद प्राप्त गरेका छन् ।
 


 

Comments