• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • संशोधन प्रस्ताव एमालेकै समर्थनमा पारित हुने : कानूनमन्त्री नायक
  • पाँचथरमा स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा
  • केन्द्रमा बढीमा २५ प्रतिशत कर्मचारी रहने
  • कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
  • निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई प्रमुख निर्वाचन आयुक्तकाे आग्रह
बिजनेस
सुनको भाउ बढ्याे
प्रकाशित मिति: बुधबार, चैत्र ३०, २०७३

३० चैत्र । सुनको भाउ आज एकै दिन ७ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ बुधबार ५५ हजार ४ सय रुपैयाँमा पुगेको हो ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपाली बजारमा पनि महंगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ पर्ख र हेर को अवस्थामा रहेकाले अबका दिनमा भाउ बढ्ने र घट्ने बारे भन्न सकिने अवस्था नरहेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ तोलामा ८१० रुपैयाँ छ ।
 

Comments