• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
  • सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा :संयोजक भट्टराई
अन्तर्राष्ट्रिय
लिबियामा आप्रवासी 'दाससरह बेचिंदै'
प्रकाशित मिति: बुधबार, चैत्र ३०, २०७३

३० चैत्र । अन्तराष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले लिबियाका आप्रवासीहरु यूरोपेली बजारमा दासका रुपमा किनबेच भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

परिचयपत्र नभएका र मानव तस्करलाई दिने पैसासमेत नभएका आप्रवासीहरु दासका रुपमा बेचिंदै गरेको आइओएमले उल्लेख गरेको हो । मानव तस्करहरुले नगरको चोक, सवारी पार्किङस्थलमा समेत आप्रवासीलाई दासका रुपमा बेचेको बताइएको छ । लिबियामा आप्रवासीहरुको स्थिति अत्यन्त खराब रहेका बेला उनीहरु दासका रुपमा बेचिने प्रवृत्ति थप चिन्ताजनक भएको आइओएमको भनाई छ । विभिन्न कारणले दासको बजार भने दिनानुदिन फस्टाएको बताइन्छ । लडाकु समूहहरु र मानव तस्करले मानिस अपहरण गर्ने र उनीहरुसग पैसा नभएमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको हो । बेचिएकामध्ये अधिकांश पुरुष छन् भने बेचिएका महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाइने गरेको आइओएमले जनाएको छ । भूमध्यसागर हुँदै युरोप जान चाहने आप्रवासीका लागि लिबिया महत्वपूर्णस्थल हो । 

Comments