• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • थ्रीस्टारको विवादसँगै एन्फाको बैठक स्थगित
  • स्थानीय बासिन्दालाई छिट्टै सुविधा दिन सञ्चारमन्त्रीको निर्देशन
  • शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई
  • बन्दरगाह सञ्चालनमा आएको सातवर्ष बित्याे, अझै ठेक्का लागेन
  • अस्पतालले मनायाे १ सय २८ औँ वार्षिकोत्सव, भरपर्दो र सुविधा सम्पन्न बनाउन आवश्यक
स्वास्थ्य
बोनम्यारो रोगका ८ लक्षण, यसरी हुन्छ प्रत्यारोपण
स्वास्थ्य खबर प्रकाशित मिति: सोमबार, चैत्र २८, २०७३

२८ चैत्र । बोनम्यारोलाई नेपालीमा रक्तमासी भनिन्छ। शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष ९आरबिसी०, सेतो रक्त कोष ९डब्लुबिसी० र प्लेटलेट्स बन्ने गर्छ। बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर। यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन। यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। एप्लास्टिक एनिमिया पनि दुई किसिमको हुन्छ।

जन्मजात हुने एप्लास्टिक एनिमिया

जन्मजात हुने एप्लास्टिक एनिमियालाई मेडिकल भाषामा कन्स्टिट्युसनल एप्लास्टिक एनिमिया भनिन्छ। यो समस्या भएकाहरुमा किड्नी खराब हुने, किड्नी जोडिएको हुने, औँलाहरु ६ वटाभन्दा बढी हुने, जन्मजात शरीरमा दाग देखिने, मुख वरिपरि कालो हुने, गिजा पछाडिको भाग माथि उठ्ने, मुटुमा समस्या आउने र केहीकेहीमा छालामा समस्या देखिने हुन्छ।

जन्मपछि हुने एप्लास्टिक एनिमिया

जन्मिसकेपछि बोनम्यारो सुक्नुलाई एक्वार्ड एप्लास्टिक एनिमिया भनिन्छ। नेपालमा एप्लास्टिक एनिमिया हुने धेरैलाई यही समस्या हुने गरेको पाइन्छ। सिभिल अस्पतालमा दैनिक कम्तिमा पाँचदेखि ७ जना एक्वार्ड एप्लास्टिक एनिमिया भएका बिरामी आउने गरेका छन्।

एप्लास्टिक एनिमियामा आफ्नै शरीरले बोनम्यारोभित्र हुने रगत बनाउने ुसिस्टम सेलुलाई बिगारिदिन्छ। रबर, सिमेन्ट, पेट्रोल फ्याक्ट्रीबाट उत्पन्न हुने ुबेन्जिनु भन्ने तत्वको सम्पर्कमा लामो समयसम्म रहेमा वा काम गरेमा पनि एप्लास्टिक एनिमिया हुनेगर्छ। त्यस्तै, हेपाटाइटिस वा भाइरल इन्फेक्सनका कारण पनि यो समस्या हुन सक्छ। त्यस्तै, कहिलेकाहीँ औषधिको प्रयोगले समेत एप्लास्टिक एनिमियाको समस्या देखिन्छ। यो समस्या भएमा स्वाँस्वाँ हुने, छिटो थाक्ने, संक्रमण चाँडो फैलिने, पिनास हुने, निमोनिया हुने, नाक, मुख र दिसाबाट रगत जाने र केहीमा दिमागमा पनि रगत बग्ने समस्या हुन सक्छ।

एप्लास्टिक एनिमिया भएको समयमै पत्ता लाग्यो र बोनम्यारो प्रत्यारोपण गरियो भने उमेर अनुसार ६० देखि ९० प्रतिशतलाई निको पार्न सकिन्छ। बोनम्यारो प्रत्यारोपण उमेर अनुसार फरक पर्छ। २० वर्षभन्दा मुनिकालाई ९० प्रतिशत निको हुने सम्भावना रहन्छ। ३० वर्ष माथिकालाई ६० प्रतिशत मात्र निको पार्न सकिन्छ। जति उमेर बढ्दै गयो त्यति प्रत्यारोपणमा जटिलताहरु थपिँदै जान्छन्। प्रत्यारोपण गरिएको बोनम्यारोले काम नगर्ने हुन सक्छ भने प्रत्यारोपणमा प्रयोग हुने औषधिहरुले टक्सिसिटी बढाउन सक्छ। बर्सेनि एप्लास्टिक एनिमिया भएका एक सय जनाको प्रत्यारोपण नगरी सामान्य उपचार मात्र गर्ने हो भने ३५ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ। यो संख्या हरेक वर्ष बढ्दै जाँदैछ।

रक्त क्यान्सर

सबै रक्त क्यान्सरलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्दैन। जुन रक्त क्यान्सरलाई किमोथेरापीबाट उपचार गर्न सकिँदैन वा उपचार गरिसकेपछि रोग फेरि बल्झिएको अवस्थामा बोनम्यारो प्रत्यारोपण अनिवार्य गर्नुपर्ने हुन्छ।

थाइलेसेमिया

हेमोग्लोविन बन्नका लागि ग्लोविन भन्ने प्रोटिनको जरुरत पर्छ। प्रोटिन नै नबनेमा वा बन्ने प्रक्रियामा त्रृटि भएमा थाइलेसेमिया हुन्छ। यसमा चाहिँ जन्मेको तीन महिनादेखि बच्चालाई रगत चढाएर राख्नुपर्ने हुन्छ। यो रोग लागेमा विस्तारै बच्चाको फियो ठूलो हुँदै जान्छ, कलेजो ठूलो हुन्छ, अनुहारको आकार परिवर्तन हुँदै जान्छ, बच्चाको उचाइ बढ्दैन। यो रोगका लागि बोनम्यारो प्रत्यारोपणबाहेक अर्को विकल्प छैन। मेरो अनुभवमा यो रोग लागेका बिरामी हाम्रो देशमा ३५ वर्षभन्दा बढी बाँचेका छैनन्। त्यसकारण यो रोग भयानक हुँदाहुँदै पनि राज्यको ध्यान यसतर्फ अझै पुग्न सकेको छैन। तर थाइलेसेमिया भएका बिरामीको समयमै बोनम्यारो प्रत्यारोपण भएमा एक सय जनामध्ये ९० जनालाई बचाउन सकिन्छ।

के हो बोनम्यारो प्रत्यारोपण

बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै झिक्ने, चिरफार गर्ने हुँदैन। यो भनेको सुइबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुइबाटै राख्ने विधि हो। बोनम्यारोलाई धेरैले अङ्ग प्रत्यारोपणजस्तै बुझ्ने गरेका छन्। तर, बोनम्यारो प्रत्यारोपण र अङ्ग प्रत्यारोपण फरक कुरा हो। बोनम्यारो प्रत्यारोपण गर्दा वा झिक्दा बिरामीलाई बेहोस पार्ने वा शल्यक्रिया गर्नुपर्ने हुँदैन। बोनम्यारो प्रत्यारोपण विशेष गरी दुई तरिकाले गरिन्छ।

बिरामीलाई आफ्नै बोनम्यारो प्रत्यारोपण गर्ने

यदि, बिरामीलाई क्यान्सर छ भने सुरुमा क्यान्सर निको पार्न किमो दिइन्छ। किमोपछि बिरामीको क्यान्सर नदेखिएपछि बिरामीको बोनम्यारो झिकिन्छ र बोनम्यारोलाई विशेष विधिबाट ल्याबमा राखिन्छ। यसलाई माइनस १८० डिग्री सेन्टिग्रेडमा राखिन्छ। त्यसपछि हाइडोज किमो दिइन्छ र शरीरमा भएका सबै बोनम्यारोलाई सुकाइन्छ। त्यसपछि, नयाँ बोनम्यारो प्रत्यारोपण गरिन्छ र त्यसले १४ देखि २१ दिनपछि रगत बनाउन थाल्छ।

स्वस्थ मानिसको बोनम्यारो बिरामीलाई दिने

स्वस्थ मानिसको बोनम्यारो बिरामीलाई दिनुअघि एचएलए टाइपिङ भन्ने जाँच गर्नुपर्छ। एचएलए जाँच मिलेको खण्डमा मात्र प्रत्यारोपण गर्न मिल्छ। आफ्नै दाजुभाइ(दिदिबहिनीको एचएलए मिल्न सक्ने सम्भावना २५ प्रतिशत मात्र हुन्छ।

बोनम्यारो दिने व्यक्तिलाई खासै केही समस्या हुँदैन। बोनम्यारो दुई तरिकाले झिकिन्छ। एउटा सिधै हड्डीबाट सियो छिराएर झिकिन्छ र अर्को रगतबाट झिकिन्छ। रगतबाट झिक्दा स्पेसल मेसिनबाट बोनम्यारोमा हुने कोष बाहिर झिकिन्छ र बिरामीमा त्यो कोष प्रत्यारोपण गरिन्छ। यसरी प्रत्यारोपण गर्दा १४ देखि २१ दिनपछि रगत बन्न सुरु गर्छ।

यो विधिबाट प्रत्यारोपण गर्दा हुने चुनौती भनेको प्रत्यारोपण गरिएको बोनम्यारोलाई बिरामीको शरीरले नचिन्न सक्छ र प्रत्यारोपण गरेको म्यारोलाई शरीरले मारिदिन्छ। अथवा, प्रत्यारोपण गरेको बोनम्यारोले बिरामीको शरीरलाई नचिनेर छाला, कलेजो र आन्द्रालाई हानी पुर्‍याएर बिरामीको ज्यानै पनि जान सक्छ। अरुको बोनम्यारो प्रत्यारोपण गरेको हुनाले बिरामीले इम्युनो सप्रेसिभ मेडिसिनु कम्तिमा ६ महिना खानुपर्ने हुन्छ।

बोनम्यारो प्रत्यारोपणले एप्लास्टिक एनिमिया र थाइलेसेमियाका रोगीलाई एकदमै राम्रो नतिजा दिएको छ। तर, क्यान्सरका बिरामीलाई भने ठिक हुने सम्भावना जम्मा ३० देखि ५० प्रतिशत मात्र हुने गरेको छ।

बोनम्यारोमा हुने रोगका लक्षण

१। ठूलो जोर्नीहरु दुख्ने।

२। दुखाइसँगै शरीरमा निलो डामहरु देखिने।

३। नाक, मुख, गिजा आदिबाट रगत बग्ने।

४। पिनास हुने।

५। दिसा(पिसाब गर्ने अंगमा घाउ हुने।

६। पटक(पटक निमोनिया भइरहने।

७। रातो रगत कम भएर स्वाँस्वाँ बढ्ने।

८। जिउ गल्नेरथाक्ने। आदि।

Comments