News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
बिजनेस
आजदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्र आयात हुने
प्रकाशित मिति: शनिबार, चैत्र १९, २०७३

चैत्र १९ । नेपालमा आजदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्र आयात हुने भएको छ ।

झण्डै एक महिनादेखि थोरै परिमाणमा यो गुणस्तरको इन्धन आयात भइरहे पनि हिजोदेखि भारतबाट युरो फोर मापदण्डको मात्र इन्धन लोड हुने आयल निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिनुभयो । युरो फोर मापदण्डको इन्धन लोड भएका ट्याङकर आएपछि केही दनभित्रै बिक्री सुरु गर्ने तयारी छ ।

यसअघि नेपालमा भारतबाट ल्याएर युरो थ्री मापदण्डको डिजेल पेट्रोल बिक्री हुने गरेको थियो । भारतले सन् २०२० बाट युरो ६ मापदण्डको तेल प्रशोधन गर्ने तयारी गरिरहेको छ । गाडीको धुवाँ कम गर्न युरो फोर मापदण्डको इन्धन सहयोगी हुन्छ ।

यस्तै यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्ने निगमका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

Comments