• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • शिबसताक्षी नगरपालीको मेयर पदमा स्वतन्त्र प्यानलबाट साँवाकाे उम्मेद्धारी घोषणा
  • सेवाग्राहीलाई छिटो छरितो रुपमा कम्प्युटर प्रणालीबाट सेवा सुरू
  • विश्व ध्वस्त पार्न आफ्नो तीनवटा बम पर्याप्त रहेको उत्तर कोरियाकाे दाबी
  • अल्ट्रा धाविका मीरा राईलाई सम्मान
  • चर्काे शुल्क असुलेको भन्दै, विद्यार्थी संगठनले मुलुकभरका जिल्ला शिक्षा कार्यलय घेराउ गर्ने
राष्ट्रिय
नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवाद : सर्वोच्च आदलतले आज फैसला सुनाउँदै
प्रकाशित मिति: मंगलबार, चैत्र ८, २०७३

काठमाडौं, ८ चैत्र ।  नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धमा परेको मुद्दामा सर्वोच्च आदलतले मंगलबार फैसला सुनाउँदै छ ।

प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि मंगलबार फैसला गर्ने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । मुद्दामा सरकारकातर्फबाट उपन्यायाधीवक्ता रेवती त्रिपाठी र सहन्यायाधीवक्ता टीकेन्द्र दाहालले बहस गर्नुभएको थियो ।

नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यस्तै आफू वरियताको १ नम्बरमा रहेको भन्दै नवराज सिलवालले पनि रिट निवेदन दिनुभएको थियो । त्यसमा पनि अदालतले अल्पकालीन आदेश दिएको थियो । 

Comments