• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • नेकपा एमालेका धरानका मेयरका प्रत्यासी तारा सुब्बाको घरमा बम विस्फोट
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
मोफसल समाचार
ग्वालडुब्बा बजारमा रहेको माँ दुर्गा मन्दिरमा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ शुरु
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

झापा, ७ चैत्र । झापाको गौरादह स्थित ग्वालडुब्बा बजारमा रहेको माँ दुर्गा मन्दिरमा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ आजबाट शुरु भएको छ । पुराण शुरु हुनु अघि आज कलश शोभायात्रा गरिएको थियो । 

पुराणको डा तिलक चैतन्यले विरुवामा पानी हालेर उद्घाटन गर्नुभयो । मन्दिर व्यवस्थापन समितिको अयोजनामा भएको सो महायज्ञको पहिलो दिन आज कलश शोभायात्रा सम्पन्न भएको हो । पंचकन्या सहित निकालिएको सो शोभायात्राले ग्वालडुब्बा परिक्रमा गरि मन्दिर पसिरमा पुगेको थियो । मन्दिरको भौतिक संरचना सुधारगर्ने उदेश्यले अयोजित महापुराणको कथा वाचन युवा पण्डित श्री आसुतोस खनालले गर्नुहुने छ । १५ गतेसम्म आयोजना हुने महायज्ञबाट संकलित रकम मन्दिर व्यवस्थापन तथा बिबाह मण्डप निर्माणका लागि खर्च गरिने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष अरुण शाहाले जानकारी दिनुभयो । 


 

Comments