• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • आज शुक्रबार श्रावण शुक्ल पञ्चमी, नागको पूजा गरेर नाग पञ्चमी मनाउदै
  • एक वर्षमा १ लाख ३९ हजार एक सय २५ ले गरे चितवन राष्ट्रिय निकुञ्जकाे भ्रमण
  • बोको हरामको आक्रमणमा परी नाईजेरियामा ५० जनाको मृत्यु
  • प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी
  • जापानी लगानीकर्तालाई सहजताका लागि कार्यालय स्थापनाको पहल
राष्ट्रिय
राप्रपा कार्यकर्ता र प्रहरी झडप, २० जना घाइते
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

काठमाडौं, ७ चैत्र । काठमाडौंको कान्तिपथमा रहेको निर्वाचन आयोगको केन्द्रिय कार्यालय घेराउ गर्न गएका राप्रपाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा २० जना घाइते भएका छन् । 

झडपका क्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठि चार्ज गरेको छ । झडपमा आफ्ना २० जना कार्यकर्ता घाइते भएका पार्टीका नेता राजाराम श्रेष्ठले बताउनुभयो । यसैबिच राप्रपा अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति शमशेर राणाले आयोगमा पुगेर ज्ञापन पत्र पनि बुझाउनुभएको छ । निर्वाचन आयोगमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएको भन्दै आन्दोलनमा उत्रिएको राप्रपाले सोमबार देशभरीका निर्वाचन आयोगका कार्यालय घेराउको कार्यक्रम तय भएको थियो । 

काठमाडौंमा भने राप्रपाका कार्यकर्ताले आयोगको केन्द्रिय कार्यालय घेराउ गरेका हुन् । रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेको जुलुशलाई प्रहरीले रोकेपछि झडप सुरु भएको हो । आयोगले संविधान विपरित भन्दै राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएको थियो । तर राप्रपाले भने आफ्नो विधानमा हिन्दु राष्ट्र र राजसंस्था राख्न पाउनु पर्ने माग गर्दै आएको छ । सत्तारुढ दल राप्रपाले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन प्रस्ताव पनि दर्ता गरेको छ ।

Comments