• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
  • सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा :संयोजक भट्टराई
मोफसल समाचार
निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय धनुषा द्वारा निर्वाचनको तयारी तिव्र
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

जनकपुर, ७ चैत्र । सरकारले स्थानिय निकायको निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचनको तयारी तिव्र पारेको छ । 

कार्यालयले मतदाता नामावीलाई अन्तिम रुप दिएर आयोगमा पठाएको छ भने अन्य कार्यक्रमहरु कार्य तालिका अनुसार भइरहेको जनाएको छ । लामो समय पछि हुन लागेको स्थानिय निकाय निर्वाचनलाई लिएर स्थानिय स्तरमा समेत उत्साह थपिएको छ । निर्वाचन कार्यालय धनुषाले निर्वाचनको तयारी तिव्र पारेको कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिनुभयो । 

धनुषा जिल्लामा ३६ वटा राजनितिक दलले दल दर्ता गराएका छन । मधेस केन्द्रित दलहरुले स्थानिय निकायको निर्वाचनको विरोध गरिरहेको भएपनि केही मधेषवादी दलहरुले भने जिल्लामा दल दर्ता गराएका छन् । राजेन्द्र महतोको नेतृत्वमा रहेको सदभावना पार्टी वाहेक सबै मधेस केन्द्रित दल सहित विभिन्न ३६ वटा दलहरुले जिल्ला निर्वाचन कार्यालय धनुषामा दर्ता गराएका छन । धनुषामा ३ लाख ९५ हजार २ सय ७६ जना मतदाता रहेका छन । जसमा पुरुष २ लाख ६ हजार ८ सय ६५, महिला १ लाख ८८ हजार ४ सय ५ र तेस्रो लिंगी ६ जना रहेका छन ।
 

Comments