• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक
  • उत्तर कोरिया द्वारा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण
  • आज दशौं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
  • सुरक्षाको दृष्टिकोणले ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संबेदनसिल
  • बदर मत घटाउनको लागि मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढाउदै जिल्ला निर्वाचन कार्यालय धनुषा
राष्ट्रिय
प्रहरी महानिरिक्षक नियुक्ती विवादमा हिजोदेखि सुरु भएको सर्वोच्च अदालतको अन्तिम सुनुवाई आज पनि जारी
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

काठमाण्डाैँ, ७ चैत्र । प्रहरी महानिरिक्षक नियुक्ती विवादमा हिजोदेखि सुरु भएको सर्वोच्च अदालतको अन्तिम सुनुवाई आज पनि जारी छ । 

प्रधानन्यायाधीश शुसिला कार्कीसहित न्यायाधिशहहरु हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको वृहत पूर्ण इजलाशले मुद्दालाई आज पनि सुनसवाई गर्न आदेश दिएको हो । हिजो रिट निवेदकद्वय कपिलदेव ढकाल र डीआईजी नवराज ढकालको तर्फबाट कानून व्यवसायीहरुले बहस गर्नूभएको थियो । हिजै सरकारी वकिलहरु र जयबहादुर चन्दको तर्फबाट बहस गर्ने तयारी भएपनि निवेदकका तर्फबाटको बहस नसकिएकाले आजलाई सारिएको हो । सरकारले तेस्रो नम्बरमा रहेका डिआइजी चन्दलाई आइजीपी बनाउन निर्णय गरेपछि कपिलदेव ढकाल र पहिलो नम्बरका डीआइजी नवराज ढकाल छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका थिए ।  रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यन्वन नगर्न सुरुमा अन्तरकालिन र पछि आन्तरिम आदेश जारी गरेको थियो । 

Comments