• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • पाँच सय दरका ३ सय ४८ थान नक्कली नोटसहित दुईजना पक्राउ
  • भरतपुर महानगरको मतगणनाको बहस सकियो , यस्तो भयाे निर्णय
  • अझै लम्बियो भरतपुर प्रकरणको सुनुवाई
  • माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा जनमत गर्ने
  • सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द
राष्ट्रिय
स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने : केपी ओली
प्रकाशित मिति: आइतबार, चैत्र ६, २०७३

बाँके, ६ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताउनुभएको छ । 

एमाले बाँके प्रचार विभागद्वारा आईतबार नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा उहाले निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्न नहुने धारणा राख्नुभयो । निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्ने भन्दै सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पुराउने बताउनुभयो । उहाँले संविधानले कसैलाई भेद्भाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट गर्नुभयो ।

पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोहर्याउने बताउनुभयो ।

Comments