• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने
  • तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति द्वारा संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण
  • नालामा लडेको अवस्थामा भेटिएका एकजनाको मृत्यु
  • झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आईसियु सेवा सुरू
  • पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित
राष्ट्रिय
स्थानीय तहको चुनाव अव कुनै शक्तिले रोक्न सक्दैन : कमल थापा
प्रकाशित मिति: आइतबार, चैत्र ६, २०७३

विराटनगर, ६ चैत्र ।  उपप्रधान एव स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको चुनाव अव कुनै शक्तिले रोक्न नसक्ने वताउनुभएको छ । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री थापाले चुनाव सुनिश्चित गर्न आफू सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो । सरकार निर्वाचनको लागि तयारीमा रहेको बताउदै उहाले राजनीतिक दलहरुपनि निर्वाचनतर्फ उन्मुख भइसकेको उल्लेख गर्नुभयो । निर्वाचन आयोग तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन युद्धस्तरमा काम गरिरहेको बताउदै उहाले अब चुनाव नहुने अवस्था नरहेको दोहोर्याउनुभयो । स्थानीय तहको चुनावलाई सफल वनाउन स्थानीय तहलाई परिचालन गरिएको भन्दै उहाले आफू त्यसको अनुगमनका लागि सुनसरी र मोरङ जिल्लाको दौडाहामा निस्किएको बताउनुभयो । 

सरकारले चुनाव गराउनको लागि कुनै कसर वाकी नराख्ने भन्दै मन्त्री थापाले मुलुकमा पहिलो पल्ट स्थानीय सरकारको चुनाव हुन लागेकोले यसमा मधेसवादी दलको पनि सहभागीता आवश्यक रहेको धारणा राख्नुभयो । त्यसका लागि सरकारले वातावरण तयार गर्न प्रयासरत रहेको उहाको भनाइ थियो ।  राप्रपा अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री थापाले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पार्टीको मुख्य एजेण्डा भएको भन्दै त्यसलाई हटाउने निर्वाचन आयोगले हटाउने निर्णय स्विकार्य नहुने स्पष्ट पार्नुभयो । 
 

Comments