• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक
  • उत्तर कोरिया द्वारा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण
  • आज दशौं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
  • सुरक्षाको दृष्टिकोणले ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संबेदनसिल
  • बदर मत घटाउनको लागि मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढाउदै जिल्ला निर्वाचन कार्यालय धनुषा
राष्ट्रिय
स्थानीय विकास मन्त्रालयले पाच उपमहानगरपालिका र एक सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत खटायाे
प्रकाशित मिति: आइतबार, चैत्र ६, २०७३

काठमाण्डाै, ६ चैत्र ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पाच उपमहानगरपालिका र एक सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । 

मन्त्रालयको निर्णयअनुसार एक सय ७८ स्थानीय तहमा निर्वाचन तयारी एवम् व्यवस्थापन गर्न काजमा कर्मचारी खटाइएको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । कार्यकारी अधिकृत खटाइएका नगरपालिकामा प्रदेश नं १ का २९, प्रदेश नं २ का २२, प्रदेश नं ३ का ३१, प्रदेश नं ४ का २६, प्रदेश नं ५ का २३, प्रदेश नं ६ का १९ र प्रदेश नं ७ का २३ नगरपालिका छन् । प्रदेश नं २ का जितपुर सिमरा, कलैया र जनकपुर उपमहानगपालिका एवम् प्रदेश नं ५ का बुटवल र नेपालगन्ज उपमहानगरपालिकामा पनि कार्यकारी अधिकृत तोकिएको मन्त्रालयले जनाएको छ । उपमहानगरपालिका र नगरपालिकामा उपसचिवलाई कार्यकारी अधिकृत बनाइ पठाइएको छ । मन्त्रालयले विलम्ब गरेमा वा हाजिर हुन नगएमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुरुप कारबाही गरिने उल्लेख गरेको छ । मन्त्रालयले बिहीबार राति ४ सय ८१ गाउपालिकामा कार्यकारी अधिकृत तोकेको थियो ।
 

Comments