• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
राष्ट्रिय
गृहमन्त्री निधि स्वदेश फिर्ता
प्रकाशित मिति: शनिबार, चैत्र ५, २०७३
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवाद सम्बन्धी अन्तर्रािष्ट्रय सम्मेलनमा भाग लिएर गएराती स्वदेश फर्किनु भएको छ । 

भारतमा भएको सो सम्मेलनमा सहभागी हुने क्रममा उहाले भारतीय नेताहरुसंग भेटवार्तासमेत गर्नु भएको थियो  । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारसग कुरा गर्दै मन्त्री निधिले भ्रमण उपलब्धिमूलक रहेको बताउनु भयो । भेटका क्रममा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको जानकारी दिएको उहाले बताउनु भयो । त्यस्तै भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह तथा भारतीय नेताहरु डा मनमोहन सिंह, डिपी त्रिपाठी, सीताराम येचुरी, त्यहाका पत्रकार, नागरिक समाजका अगुवासँग भेट गर्नु भएको थियो । 
 
Comments