• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक
  • उत्तर कोरिया द्वारा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण
  • आज दशौं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
  • सुरक्षाको दृष्टिकोणले ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संबेदनसिल
  • बदर मत घटाउनको लागि मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढाउदै जिल्ला निर्वाचन कार्यालय धनुषा
खेलकुद
माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तेश्रो संस्करण चैत १७ गतेबाट हुने
प्रकाशित मिति: आइतबार, फाल्गुण २९, २०७३

इलाम, २९ फाल्गुण । इलाममा प्रत्येक वर्ष आयोजना हुदै आएको माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तेश्रो संस्करण चैत १७ गतेबाट हुने भएको छ । 

पूर्वी नेपालको पहाडी जिल्लामा आयोजना हुदै आएको सबैभन्दा धेरै पुरस्कार राशीको फुटबल प्रतियोतिको तयारी तिब्र रुपमा हुँदै आएको हो । शुरुका दुई संस्करण माघमा गरिएता पनि  खेल मैदानको पुर्ननिमार्णको कार्य नसकिएकाले तेश्रो संस्करण चैत १७ गतेबाट सञ्चालन हुने भएको हो । माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा आयोजक माइभ्याली फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, संकटा, रूपन्देही–११, झापा–११ र दुर्गा स्टील कलकत्ता, मनाङ क्लब लगायत राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका १० टिम सहभागि हुनेछन् । चैत १७ देखी २६ गते सम्म सञ्चालन गरिने प्रतियोतिका बिजेता टिमलाई ४ लाख रुपैयाँ, उप बिजेतालाई दूई लाख ७५ हजार र उत्कृष्ट खेलाडीलाई बाइक प्रदान गरिने आयोजक समितिका निरोज खड्गीले बताउनुभयो । पहिलो संस्करण २०७१ देखी नै माइभ्याली गोल्डकप एन्फाको क्यालेन्डरमा समावेश भएको प्रतियोगिता संचालनका लागि ४५ लाख खर्च हुने अनुमान छ । 

Comments