• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
स्वास्थ्य
निर्वाचन घोषणाको निर्णय फिर्ता लिन सात दिनको अल्टिमेटम
प्रकाशित मिति: बुधबार, फाल्गुण २५, २०७३

काठमाण्डाै, २५ फाल्गुण । बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन फिर्ता लिन सात दिनको अल्टिमेटम दिएको मधेशी मोर्चा र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच परामर्श जारी छ । 

घोषित चुनाव स्थगन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी छ । मोर्चाको अल्टिमेटमको भोलिपल्टै प्रधानमन्त्रीले मोर्चाका नेतालाई परामर्शमा बोलाउनुभएको हो । संविधान संशोधनअघि चुनाव सम्भव नरहेको मोर्चाले बताउँदै आएको छ । प्रधानमन्त्री दाहालले भने सक्ता साझेदार दलहरुबाटै संविधान संशोधन विधेयकमा मतदान नगर्ने स्पस्ट भनाई आइसकेको भन्दै चनाुवपछि संशोधन प्रक्रिया अघि बढाउने मोर्चाका नेतालाई आश्वासन दिँदै आउनुभएको छ । मधेशी मोर्चासहितको संघीय गठबन्धनले मंगलबार सरकारलाई एक साताको अल्टिमेटम दिएको थियो। मोर्चाले सोमबार सप्तरीको राजविराजमा भएको घटनाका मृतकहरुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुलाई निःशुल्क उपचार गर्नु पनि माग गरेको छ । मोर्चाले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ र शुक्रबार नेपाल बन्द आह्वान गरेको छ ।

 

Comments