• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
स्वास्थ्य
सरकारले १५ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउँदै
प्रकाशित मिति: शनिबार, फाल्गुण २१, २०७३

सरकारले पोलियो थोपा खुवाउन छुटेका १५ जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई आज र भोली पोलियो थोपा खुवाउँदैछ ।
यसअघि स्वास्थ्यकर्मीको आन्दोलनका कारण स्थगित रहेका काठमाडौ उपत्यकाका तीनवटै जिल्ला सहित बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, बारा, पर्सा, रौतहट, सिरहा, धनुषा, महोत्तरी, सप्तरी र सुनसरी गरी १५ जिल्लामा पोलियो थोपा खुवाउन लागिएको हो । सरकारले आन्दोलनरत स्वास्थ्यकर्मीलाई पोलियो थोपा खुवाउने काममा अवरोध नगर्न आग्रह गरिसकेको छ । पोलियो थोपा खुवाउने काममा बाधा पुर्याए त्यस्ता स्वास्थ्यकर्मीलाई हदैसम्मको कारवाही हुने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । अहिलेसम्म ती जिल्लामा पोलियो थोपा खुवाउने काम भैरहेको र सुरक्षाकर्मी समेत परिचालन गरिएको स्वास्थ्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

Comments