• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
बिजनेस
पर्यटन बोर्डको घुमफिर बर्षलाई एक्स्पोमा लक्षित
सुमन सुस्केरा प्रकाशित मिति: शनिबार, फाल्गुण १४, २०७३

बिराटनगर १४ फागुन । बिराटनगरमा जारी बिराट एक्स्पोमा नेपाल पर्यटन बोर्डको स्टल देखि आनलाईन सपिङ स्टल समेत राखिएको छ । 

नेपाल पर्यटन बोर्डले घुमफिर बर्षलाई मध्यनजर राख्दै नेपाल घुमौ भन्ने अभियान सहितको जानकारी दिनको लागि स्टल राखेको हो । ११ गते देखि शुरु भएको मेलाको पर्यटन बोर्ड प्रबर्दक भएर पनि मेलामा आफ्नो स्टलले स्थापित बिभिन्न पुर्वाञ्चलका पर्यटन स्थलहरुको फोटो राखिएको नेपाल पर्यटन बोर्डका अधिकृत सुमन घिमिरेले बताउनुभयो । 

पुर्वाञ्चलमा पनि धेरै महत्वपुर्ण पर्यटकिय स्थलहरु रहेको स्थापित गर्न बोर्ड लागि परेको छ । त्यस्तै मेलामा अनलाईनबाट पनि ब्यापार गर्न सकिन्छ र त्यो प्रभावकारी हुन्छ भन्ने देखाउनको लागि सोचेको डट कमले पनि आफ्नो स्टल राखेको छ । यसले डिजिटल डिमार्टमेन्ट स्टोरको रुपमा काम गरि रहेको सोचेको डटकमका संचालक शैलेश लोहनी बताउनुभयो । 
 

Comments