• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
राष्ट्रिय
झापामा पहिलो पल्ट बुक बस सञ्चालनमा
प्रकाशित मिति: आइतबार, माघ २३, २०७३

झापा, २३ माघ / झापामा पहिलो पल्ट झापाका २० विद्यालयहरुमा बुक बस अर्थात घुम्ती पुस्तकालय सञ्चालनमा आएको छ ।


विज्ञान र प्रविधिको विकाससँगै पठन संस्कृतिको विकास पनि हुनुपर्छ । पठन संस्कृतिको विकासको लागि विभिन्न लाईब्रेरी, इ–लाईब्रेरी तथा विभिन्न कम्प्युटर-मोबाईल एप्सहरु बने तर यि सबै ग्रामिण तथा सामूदायिक विद्यालयको पहुँचमा छैन । झट्ट हेर्दा दम्कल जस्तो देखिने तर नजिकबाट हेर्दा एकदमै नौलो सवारी साधन जस्तो देखिने पुस्तकालय भित्र भने पुस्तकहरु छन् । मोबाईल लाईब्रेरी अर्थात बुक बस झापामा फागुन १२,१३ र १४ गते हुने कला साहित्य उत्सबलाई लक्षित गरेर काँकरभिट्टा आई पुगेको छ । विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि बस ल्याइएको हो ।

अमेरिकी दुतावासको सहयोगमा बस झापा ल्याइएको हो । बसमा भएको पुस्तकले पठन संस्कृतिको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बस भित्र अन्तरजातिय द्वन्द्व, शिक्षा, प्रविधि तथा नयाँकुराको जानकारी गराईने बुक बसकी संयोजक इसा भुमि श्रेष्ठले बताउनु भयो ।  करिब २१ दिन सम्म झापामा रहेने बुक बससँगसँगै वड वरियर नेपालले झापाका विभिन्न २० बढी विद्यालयहरुलाई स्ल्याम पोईट्रि तथा भित्ते चित्रहरु बारे कार्यशालाहरु गरिने छ । बुक बसले झापाका २० बढी विद्यालयका १० हजार बढी विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।

प्रविधिको विकासको द्रुत भईरहेको बेला पठन संस्कृतिको विकास गर्नका लागि समेत बिद्यालय स्तर देखि पढन कार्यक्रम ल्याइएको हो । विद्यार्थीको क्षमता अभिबृद्धिका लागि समेत कायृक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । 


 

Comments