• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • आज शुक्रबार श्रावण शुक्ल पञ्चमी, नागको पूजा गरेर नाग पञ्चमी मनाउदै
  • एक वर्षमा १ लाख ३९ हजार एक सय २५ ले गरे चितवन राष्ट्रिय निकुञ्जकाे भ्रमण
  • बोको हरामको आक्रमणमा परी नाईजेरियामा ५० जनाको मृत्यु
  • प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी
  • जापानी लगानीकर्तालाई सहजताका लागि कार्यालय स्थापनाको पहल
बिजनेस
भारु साट्ने विषयमा आगामी एक साताभित्र भारत सरकारसित निर्णायक वार्ता हुने
प्रकाशित मिति: शनिबार, माघ २२, २०७३

नेपालीसित मौज्दात भारु ५ सय र १ हजारका नोट साट्ने विषयमा आगामी एक साताभित्र भारत सरकारसित निर्णायक वार्ता हुने भएको छ । 

केहीअघि भारत सरकारले प्रतिवन्ध लगाएको यी नोट नेपालीसित पनि निकै रहेको र सटही नहुँदा आर्थिक समस्यासमेत थोपरिएको छ । भारु सटही बारे एक हप्ताभित्र टुंगो लगाउने प्रयास आफूले गरिरहेको नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले बताउनुभएको छ ।

नेपालमा रहेको भारु नोट साट्दा कालो धन भित्रिने हो कि भन्ने आशंका भारतीय अधिकारीहरुमा रहेको उहाको भनाइ छ । भारत सरकारले नोट सटहीका लागि तय गरेको समयसीमा नाघिसकिएको छ । तर नेपालको राष्ट्रिय ढुकुटीमा रहेका प्रतिबन्धित भारु नोटसमेत जस्ताको तस्तै छन् साटिएको छैन ।

यी नोट साट्ने समयसीमा सकिएको महिना बितिसकेको छ । तर भारत सरकारले नेपालमा रहेका नोट साटिने वा नसाटिने बारेमा कुनै जवाफ दिएको छैन । पटकपटक पत्राचार गर्दा समेत जवाफ नपाएपछि नेपाल राष्ट्र बैंकका प्रतिनिधि मण्डल भारत पुगेका थिए ।

तर स्पष्ट जवाफ नपाइ फर्किएका थिए । राष्ट्र बैंकको पहल असफल भएपछि नेपाली दूतावासले नोट सटहीको लागि अग्रसरता लिइरहेको छ । नेपालको ब्याङ्किङ प्रणालीमा करिब साढे तीन करोड रुपैयाँ जति भारु ५ सय र १ हजार दरका नोट रहेको तथ्याङ्क राष्ट्र ब्याङ्कसँग छ । भारतबाट निजी व्यवसाय र रोजगारीको क्रममा भित्रिने भारु यो भन्दा निकै ठूलो परिमाणमा रहेको अनुमान छ ।

Comments