• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • पाँच सय दरका ३ सय ४८ थान नक्कली नोटसहित दुईजना पक्राउ
  • भरतपुर महानगरको मतगणनाको बहस सकियो , यस्तो भयाे निर्णय
  • अझै लम्बियो भरतपुर प्रकरणको सुनुवाई
  • माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा जनमत गर्ने
  • सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द
बिजनेस
कञ्चनपुरमा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु
डिल्लीराज पन्त प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३

कञ्चनपुर ,२१ माघ । कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ ।“ प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन , पर्यावरण संरक्षण र स्वस्थ जीवन” भन्ने मुल नाराका साथ शुक्रवार देखी सदरमुकाम महेन्द्रनगरमा सुरु भएको हो ।

कृषि व्यवसाय प्रवद्धन कार्यक्रम ,सुदुरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय , दिपायल र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको सयुक्त आयोजना मा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला माघ  २४ गते सम्म संचालन हुने भएको छ ।
प्राङ्गारिक खेती तर्फ कृषकलाइ उन्मुख गराउने , प्राङ्गारिक उपजहरुको सबैले उपभोग गराउन प्रोत्साहन दिने , विषादियुक्त मीलावट खेतीको अन्त्य गर्ने र मानव शरिरमा भएका रोगहरुको कारणले जुन पैसा खर्च भइरहेको छ त्यसलाइ रोक्ने तथा  विसादी युक्त खाना बाट मानव स्वस्थ्यमा हुने असर बारे जनचेतना फैलाउनलाइ  मेलाको आयोजना गरीएकोे जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत यज्ञराज जोशीले वताउनु भएको छ । 

कार्यक्रमको उद्घाटन कृषी मन्त्री गौरी शकंर चौधरी र  क्षेत्रीय कृषी बिभागका निर्देशनालय दिपायलका निर्देशक डिल्लीराम भण्डारीले गरेका थिए भन उद्घाटन पुर्व कृषी मन्त्री मेलामा लागेका स्टलहरुको अवलोकन गरेका थिए

मेलामा किसानहरुले  प्राङ्गारिक  मलले उत्पादित कृषी वाली , फलफुल , तरकारी , माछा ,विभिन्न प्रकारका आधुनिक कृर्षि यन्त्र  का साथै मौलिक खानाको प्रर्दशनी रहेको थियो भने मेलामा विभिन्न खालका सुदुरपश्चिमको  संस्कृतीक झल्कने सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरीएको थियो ।

उद्घाटन पुर्व परम्परागत छलिया नृत्य सहित जिल्लाका विभिन्न ग्रमिण क्षेत्र वाट आएका कृषक समुह लगायत विद्यार्थिहरुले कृषि सम्वन्धि जनचेतना मुलुक व्यानर तथा प्लेकार्ड सहित  महेन्द्रनगर वजारमा र्याली निकाली बजार परिक्रमा गरेका थिए । 
मेलामा १२५ स्टल रहेका छन् भने मेलामा हजारौको सख्यामा जनसहभागिता रहेको थियो ।

Comments