• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
राष्ट्रिय
स्थानीय पुनसँरचनाको झापाका नयाँ वडाको नामाबली सार्वजनिक
राजकुमार ओली  प्रकाशित मिति: सोमबार, माघ १०, २०७३

मेचीनगर विर्तामोड र दमकको यस अघि नै सार्वजनिक  ।

 स्थानीय पुनसँरचनाको झापाका नयाँ बडाको नामाबली सार्वजनिक भएको छ।
सोही बमोजिम खुदुनाबारी र शनिअर्जुन नगरपालिका समायोजन गरि बनेको अर्जूनधारा नगरपालिकामा ११ वडा बन्ने भएका छन । हेर्नुहोस् कसरी समायोजन भयो ।
 

अर्जूनधारा नगरपालिका
सोही बमोजिममा खुदुनाबारी १ र २ बडालाइ १ नं. बडा ३,४ र ५ बडालाइ २ नं.  वडा,६,७,८ र ९ वडालाइ मिसाएर ३ नं. वडा बनाइएको छ । त्यस्तै शनिअर्जूनको ३ लाई ४ नं. वडा
,४ र ६ लाई ५ नं.वडा,  
५ लाई ६ नम्वर वडा
२ लाई ७ नम्वर वडा
१ लाई ८ नम्वर वडा
७ लाई ९ नम्वर वडा
९ लाई १० नम्वर  र 
शनिअर्जून ९ लाई ११ वडा नम्वर बनाइएको छ।

गौरादह नगरपालिका
गौरादह नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । सोही अनुसार

गौरादह १ र २ लाइ १ नं. वडा
३ लाई २ नं. वडा
४ लाई ३ नं. वडा
५ र ६ लाई ४ नं. वडा
७ र ८ लाई ५ नं. वडा
९ र १० लाई ६ नं. वडा
११  र १२ लाई ७ नं. वडा
१३ लाई ८ नं. वडा
र बैगुनधुरा का सबै वडालाई ९ नं. वडामा कायम गरिएको छ ।

कचनकवल गाँउ पालिका
त्यस्तै कचनकवल गाँउ पालिकालाई ६ वटामा विभाजन गरिएको छ । जसमा घेराबारीलाई १ पथरियालाई २ केचनालाई ३,पाठामारीलाइ ४,बनियानीलाई ५ र बालुबाडीलाई ६ नं.  वडामा विभाजन गरिएको जिल्ला विकास समिती झापाको प्राविधिक समितीले जानकारी दिएको छ।

कमल गाँउपालिका
कमल गाँउपालिकालाई ७ वडामा विभाजन गरिएको छ । जसमा तोपगाछीको १,२ र ९ नं. वडालाई १ नं. वडमा ३ र ८ लाई २ नं. वडमा ७ लाई ३ नं. वडमा ४,५ र ६लाइ ४ नं. वडमा 
लखनपुर १ लाई ५ नं. वडमा २,३ र ४ लाई ६ नं. वडमा र ५,६,७,८ र ९ लाई ७ नं. वडमामा विभाजन गरिएको हो ।

हल्दिवारी गाँउ पालिका 
त्यस्तै गरि हल्दिवारी गाँउ पालिकालाई ५ वडामा विभाजन गरिएको छ । सोही अनुसार गोलधापलाई १ वडा,हल्दिवारीलाई २ नं. वडमा,जलथलकोे १,२ ,३ र ४लाई ३ नं. वडमा ,जलथलको ५ ,६ र ७ लाई ४ नम्वर र ८ र ९ लाई ५ नं. वडामा विभाजन गरिएको छ।

बुद्दशान्ति गाँउ पालिका
बुद्दशान्ति गाँउ पालिकालाई ७ वडामा विभाजन गरिएको छ । जसमा बुधवारे १,३ र ६ लाई १ नं. वडमा, २ ,४ र ५ लाइ २  नं. वडमा,७, ८ र ९ लाई  ३ नं. वडामा विभाजन गरिएको छ भने शान्तिनगर १ लाई ४ नं. वडामा ३,४ र ५ लाई ५ नं. वडामा २,७ ,८ र ९ लाई ६ नं. वडामा भने शान्तिनगर ६ लाइ ७ नम्वर वडामा विभाजन गरिएकोे छ।

भद्रपुर नगरपालिका 
पृथ्वीनगर १,२,७ र ८ ‍= १ नं. वडा 
५ ,६ र ३ = २ नं. वडा 
पृथ्वीनगर ४ र भद्रपुर १ =  ३ नं. वडा 
भद्रपुर २ लाई = ४ नं. वडा 
५ र ७ लाई  ५ नं. वडा 
४ र ६ लाइ  ६ नं. वडा 
३,९ र १५ वडालाई ७ नं. वडा 
८ र १९ लाई ८ नं. वडा 
११ र १२ लाई  ९ नं. वडा 
१३ र १४ लाई १०नं. वडामा विभाजन गरिएको छ। 

शिवसताक्षि नगर पालिका  

धरमपुरको ८ र ९ वडालाई १ नं. वडा ५,६ र ७वडालाई नं. २ नं. वडा  १,२ ,३ र ४वडालाई  ३ नं.वडा 
पाँचगाछीको १,३ ,४,६ र ७ लाइ ४ नं. वडा  २,५,८ र ९ लाई ५ नं. वडा 
शिवसताक्षीको १ लाई  नं. वडा २,३ र ४ लाई ७ नं. वडा  ५ र ६ लाइ ८ नं. वडा  ८ लाई ९ नं. वडा  ९ लाई १० नं. वडा र ७ लाई ११ नं.  वडामा विभाजन गरिएको हो ।

कन्काइ नगरपालीका 
कन्काइ नगरपालिकाको सवै वडालाई यथास्थानमा राखिएको तर झापाका पार्टीले खोलाबारि पारि भनि पठाएको खाका भने आयोगले यकिन गर्ने प्राविधिक समितीको जानकारी रहेको छ।
झापा गाँउ पालिका 
कुमरखोदको १,२ ३ र ४लाइ १ नं. वडामा ५,६ ,७ र ८ लाई २ नं. वडामा
टाघनडुव्वाको १,९,८ ,७ र ५ लाइ ३ नं. वडामा २,३ ,४ र ६लाई  ४ नं. वडामा
शरणामतिको १ ,२ र ३ लाइ ५ नं. वडामा ४ ,५ र ६ लाई ६ नं. वडामा ७ ,८ र ९ लाई  ७ वडामा विभाजन गरिएको छ।

गौरीगन्ज गाँउ पालिका 
महाभराका  सवै वडालाई १ नं. वडामा
कोरोबारीका सवैलाई २ नं. वडामा
गौरीगन्ज ६,७ र ८ लाइ ३ नं. वडामा १,२,,३,४,र ९ लाई ४ नं. वडामा
खजुरगाछीको ६,७ र ८ लाई ६ वडामा विभाजन गरिएको छ।

वाराणसी गाँउ पालिका 
राजगढ १,२ र ९ लाई १ नं. वडामा ३,४ र ५ लाई २ नं. वडामा ६,७ र ८ लाई ३ नं. वडामा  चकचकीको १,२,३,८ र ९ लाई ४ नं. वडामा ४,५,६ र ७ लाई ५ वडामा । 

डाँगीवारीको ६,७ र ८ लाई ६ नम्वर वडामा र २,३,९ र ५ लाई ७ नम्वरमा राखिएको छ।
दमक र विर्तामोडलाइ दश दश बडामा विभाजन गरिसकिएको छ भने मेची नगरनगर पालिकालाइ भने १५वडामा विभाजन गरिएको छ।जिल्ला विकास समितीले विरीड्ग खोला र कन्काइ माइ नदीको बारीपारीको केही बडालाइ विगतमा नै आयोगमा पठाएकोले केही वडाको बडा विभाजन भने आयोगले गर्ने सक्ने प्राविधीक समितीले जानकारी दिएको छ ।
  

Comments