• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
मोफसल समाचार
लखनपुरका विशाल खड्काकाे हत्या आरोपी पक्राउ : यसरी गरीयाे हत्या
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३

 रामेछाप ४ माघ /  जिल्ला प्रहरी कार्यालय रामेछापले झापाको लखनपुर–१ का विशाल खड्कालाई हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा तेहथुम पौठाक–४ डाडागाउका २६ वर्षे मनकुमार लिम्बु र रसुवाको सरनथली–३ की १८ वर्षे बिन्दु तामाङ छन् ।  उनीहरुलाई झापाबाट माघ २ गते रामेछाप प्रहरीले पक्राउ गरेको हो । गत मंसिर ९ गते झापाको लखनपुर–१ का विशाल खड्कालाई रामेछापको मझुवा गाविस–१ निगलपानी भन्ने ठाउमा ल्याएर गोली हानी हत्या गरी मृतक खडकाकै मे १ ज २१८७ नम्बरको टाटासुमो भित्र राखेर आगो लगाइएको थियो ।

अभियुक्तहरुले चालकलाई गाडीभित्रै आगो लगाएर हत्या गरेको कुरा प्रहरीसँगको बयानमा स्विकार गरिसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभयो ।  यस घटनामा उनीहरु मात्र नभएर अर्का एकजना समेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पहिचान गरेका ती व्यक्ति भने फरार रहेको र उनको खोजीकार्य तिव्ररुपमा भइरहेको प्रहरीले जनाएको छ । यस घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुगेलको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । टोलीले लगातार गरेको अनुसन्धानको क्रममा मुख्य योजनाकार रामेछापकै एक व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
 

Comments