• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक
  • उत्तर कोरिया द्वारा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण
  • आज दशौं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
  • सुरक्षाको दृष्टिकोणले ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संबेदनसिल
  • बदर मत घटाउनको लागि मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढाउदै जिल्ला निर्वाचन कार्यालय धनुषा
खेलकुद
सिद्धान्त लोहनी चम्किदा इटहरीको फराकिलो जित
प्रकाशित मिति: बुधबार, कार्तिक ३, २०७३

पथरी, कात्तिक ३ । राष्ट्रिय टोलीका खेलाडी समेत रहेका सिद्धान्त लोहनीको शतकीय पारीको मदतमा मोरङको पथरी स्थित आइतबारेमा बुधबारबाट सुरु छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट  प्रतियोगितामा सेभेन स्टार क्लब इटहरीले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा इटहरीले विर्तामोड क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले सिद्धान्तको १ सय २७ रनको विष्फोटक पारिको मदतमा १९ दशमलब ३ ओभरमा अल आउट हुँदै २ सय १२ रनको उच्च योगफल तयार पारेको थियो । 

४५ बल खेलेका सिद्धान्तले १२ छक्का र ८ चौका प्रहार गरे । त्यस्तै इटहरीका सुमन खत्रीले २६ रन बनाए । विर्तामोडका विपुल खरेलले ४ ओभरमा १९ रन दिएर सर्वाधिक ३ विकेट लिए । 

इटहरीले दिएको २ सय १३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको विर्तामोडले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय १० रन बनाउन सक्यो । विर्तामोडका लागि नामलिङ याक्तेनले १६ र मिलन कार्कीले १५ रन बनाए । 

इटहरीका मनोज मण्डलले सर्वाधिक ३ विकेट र अजय राजवंसीले ४ ओभरमा मात्र २ रन खर्चेर २ विकेट लिए । खेलको म्यान अफ द म्याच इटहरीका सिद्धान्त लोहनी घोषित भए ।

कात्तिक १२ गते सम्म संचालन हुने प्रतियोगिताको विजेता टोलीले नगद २५ हजार रुपैयाँ सँगै ट्रफी मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीले नगद १५ हजार सँगै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले जनाएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी १७ टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिता अन्तर्गत बिहीबार २ खेल हुँदैछन् । बिहीबार हुने पहिलो खेलमा न्यू दमक क्रिकेट क्लब र देविगञ्च क्रिकेट क्लब तथा दोश्रो खेलमा दुर्गापुरी क्रिकेट क्लब र कुसल चौक क्रिकेट क्लब बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक हेमन्त ओझाले बताए । 

Comments