• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
मोफसल समाचार
दमक उद्योग बाणिज्य संघका बिजयी पदाधिकारीलाई नगर परिक्रमा (फोटोफिचर)
प्रकाशित मिति: आइतबार, भाद्र २६, २०७३

राजेश कुईकेल / दमक, भदौ २६ । दमक उद्योग बाणिज्य संघका विजयी पदाधिकारीहरुलाई नगर परिक्रमा गराइएको छ । गत शुक्रबार भएको निर्वाचनबाट विजयी भएको पदाधिकारीहरुलाई आज दमक नगरको परिक्रमा गराइएको हो ।

दमक १२ स्थित घिमिरे मार्केटबाट सुरु भएको र्याली शब्जि बजार, वेलडाँगी रोड, गणतन्त्र चौक, क्याम्पस मोड, चिया दोकान, तारावारी हुँदै दमक नगरको परिक्रमा गरेको थियो । र्यालीका क्रममा व्यवसायीहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ढकालले चुनावी प्रतिष्पर्धा जस्तो देखिएपनि सबै ब्यवसायीहरु एक भएर अघि बढ्ने वातावरण बनेको बताउनुभयो ।

उहाँले समग्र दमकको ब्यवसायीक हितका लागि थुपै्र चुनौती रहेपनि आफ्नो पहिलो प्राथमिकता घरबेटी र घरवहालको समस्या समाधान भएको उल्लेख गर्नुभयो । विगत लामो समयदेखि व्यवसायीहरुको हितमा रहेर काम गरेकाले आफुलाई दमकका सवै व्यवसायीहरुले विस्वास गरेको र सवै व्यवसायीहरुको आशालाई आफु नेतृत्वको टिमले निराशामा परिणत हुन नदिन सक्दो प्रयास गर्ने ढकालले बताउनुभयो । 

र्यालीमा दमकका उद्योगी, व्यवसायी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । निर्वाचित पदाधिकारीहरुलाई दमकका चोक चोकमा व्यवसायीहरुले भव्य स्वागत गरेका थिए । शुक्रबार सम्पन्न निर्वाचनमा स्वतन्त्र प्यानलका उम्मेद्वार ढकाल ७ सय ९८ मत ल्याएर बिजयी हुनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गोकुल श्रेष्ठले ७ सय ७ मत र गणेश बस्नेतले ५ सय ९७ मत प्राप्त गरे । यसैगरि वरिष्ठ उपाध्यक्षमा पनि स्वतन्त्र प्यानलकै बिमल खतिवडा, प्रथम उपाध्यक्षमा गणेश बस्नेत प्यानलका गोपाल गुरागाँइ, द्वितिय उपाध्यक्षमा स्वतन्त्र प्यानलका युवराज घिमिरे र तृतीय उपाध्यक्षमा गणेश बस्नेत प्यानलका तारा प्रसाद अघिकारी बिजयी भएका थिए ।  

शुक्रबार सम्पन्न  निर्वाचनमा कुल २ हजार २ सय ४८ मतदातामा मध्ये  २ हजार १ सय ६४ मतदाताले मतदान थिए । नेपाली कांग्रेससहितको संयुक्त लोकतान्त्रीक प्यानल, एमालेसहितको संयुक्त प्यानल र स्वतन्त्र व्यवसायीका तर्फबाट गरी निर्वाचनमा ३ वटा प्यानल चुनावी प्रतिष्पर्धामा थिए ।

कांग्रेससहितको प्यानलमा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल र संघीय लोकतान्त्रिक मञ्च गरि ६ वटा राजनीततक दलले अध्यक्षमा गोकुल श्रेष्ठ सहित प्यानल खडा गरेको थियो भने एमालेले राप्रपा नेपाल, संघीय लिम्बुवान र एक मधेसी दल सहित ३ पार्टीको समर्थनमा अध्यक्षमा गणेश बहादुर बस्नेत सहितको प्यानल खडा गरेको थियो ।

स्वतन्त्र व्यवसायीको तर्फबाट अध्यक्षमा राजेन्द्र ढकाल सहित प्यानल चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । २१ सदस्यीय कार्य समितिको लागि तीन वटा प्यानलबाट  जम्मा ५४ जनाको उम्मेद्वारी रहेको थियो ।

Comments