• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक
  • उत्तर कोरिया द्वारा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण
  • आज दशौं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
  • सुरक्षाको दृष्टिकोणले ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संबेदनसिल
  • बदर मत घटाउनको लागि मतदाता शिक्षाको कार्यक्रमलाई अगाडि बढाउदै जिल्ला निर्वाचन कार्यालय धनुषा
मोफसल समाचार
दमकमा आकाशेपुलका निर्माण कार्य अन्तिम चरणमा
प्रकाशित मिति: आइतबार, भाद्र १२, २०७३

दमक, भदौ १२ । राजधानी बाहिर पहिलो पटक झापाको दमकमा निमार्र्णाधिन आकाशेपुलको निर्माणकार्य अन्तिम चरण पुगेको छ । एक करोड बढिको लागतमा निर्माण शुरुभएको पुलको निर्माणकार्य अन्तिमच रणमा पुगेको दमक नगरपालिकाले जनाएको छ ।

दमक नगरको गणतन्त्र चोक पश्चिममा निर्माण भैरहेको पुलको प्रविण निर्माण सेवाले निर्माण गरिरहेको छ । २०७२ चैत्र मसान्त भित्र निर्माण सम्पन्न गरिसक्ने  गरि ठेक्का मौझौता भएको भएपनि बन्द हडताल तथा नाकाबन्दीजस्ता कारणले निर्माणकार्य ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।

पुलको १७ फुट उचाई अढाई मिटर चौडाई र २५ मिटर लम्बाई हुने दमक नगरपालिकाका अधिकृत युवराज दाहाले जानकारी दिनुभयो । पुल निर्माणका लागि निर्वाचन पूर्वाधार क्षेत्र विकास कोष र सांसद विकास कोषबाट खर्च हुने र थप रकम दमक नगरपालिकाले लगानी गर्ने अधिकृत दाहालले बताउनुभयो ।

उपत्यका बाहिरको मुख्यराजमार्गमा पहिलो पटक दमकमा एक साथ २ करोड ४ लाखको लागतमा दुईवटा पुलको निर्माणका लागि ठक्का सम्झौता भएको थियो । आकासे पुलको गत पुस १७ गते पूर्व प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्नुभएको थियो । पुल निर्माण सम्पन्न भएपछि दमकको ट्राफिक व्यावस्थापनमा सहज हुने आशा नगरपालिकाले लिएको छ ।

Comments