• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
खेलकुद
नेदरल्याण्ड विरुद्धको दोश्रो खेलमा आज प्रतिस्पर्धा गर्दै नेपाल, जित्नै पर्ने दबाब
प्रकाशित मिति: सोमबार, साउन ३१, २०७३

काठमाडौं, साउन ३१ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँगको दोस्रो खेल खेल्दैछ । नेपाली समय अनुसार दिउँसो पौने ३ बजे नेदरल्याण्ड्को एमस्टलभिनमा हुने खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ ।

अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न यो खेल जित्नैपर्ने दबाब रहेको छ । शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने छन् ।

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलका ७ खेलमा पाँच खेल जितेको नेदरल्याण्ड्स १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलमा पाँच खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

नेपाल भन्दा अघि समान ९र९ अंक जोडेका हङकङ र स्कटल्याण्ड तथा ८ अंक जोडेको पपुवा न्युगिनी र ६ अंक जोडेको केन्या छन् । नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

नेदरल्याण्डस्सँगको पहिलो खेलमा सात विकेटले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा दुई सय रन भन्दा माथिको स्कोर बनाउने लक्ष्य लिएको प्रशिक्षक जगत टमाटाले बताएका छन् । 

Comments