News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
'कुटुमा कुटु' ले मच्चायाे हंगामा, चलचित्र २ रूपैयाँकाे ट्रेलर सार्वजनिक (हेर्नुहाेस् भिडीयाे)
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४

दमक, १२ साउन।  यसवर्षकाे बहु प्रतिक्षित चलचित्र २ रूपैयाँकाे ट्रेलर सार्वजनिक भएको छ । भाद्र २३ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘२ रुपैयाँ’को 'कुटुमा कुटु' र 'टल्क्यो जवानी' बोलको गीतबाटै चर्चा बटुलेकाे फिल्म ‘२ रुपैयाँ’को बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । 
 
ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । फिल्ममा निश्चलले 'जुरेली' र अशिफले 'दाह्री'को भूमिका निर्वाहा गरेका छन् ।
 असिम शाहले निर्देशन गरेकाे चलचित्रमा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ ।   यो फिल्ममा समाबेश 'कुटुमा कुटु' बोलको गीतले युट्युबमा याे खबर तयार पार्दा सम्ममा एक कराेड पच्चिसलाख बढीले पटक हेरीएकाे छ  । गीतसंगीतका कारण पनि पछिल्लो समय नेपाली फिल्मले सुखद व्यापार गरिरहेको अवस्थामा ‘२ रुपैयाँ’लाई पनि 'कुटुमा कुटु'ले केही राहत दिने निर्माण पक्षको आश रहेकाे छ  ।

Comments