• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
‘सायद–२’ असार ३० गतेबाट सार्वजनिक प्रर्दशनमा
प्रकाशित मिति: बिहीबार, आषाढ २९, २०७४

२९ अाषाढ ।  व्यापारिक रुपमा हिट फिल्म ‘सायद’को सिक्वेल ‘सायद–२’ अब नेपालमा असार ३० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ ।

यसअघि चैत ४ र जेठ १२ लाई रिलिज मिति तोकिएको भएपनि ‘यो मितिमा  टार्गेट गरेका दर्शकहरुको परिक्षा हुने कारण बताउदै फिल्मका निर्माता सुनिल रावलले प्रर्दशन मिती सारेर असार ३० गते बनाएका हुन् ।

पुष्पराज न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको यो फिल्म हङकङमा प्रर्दशन भइसकेको छ । राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको ‘सायद–२’मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईं लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्र शायद २ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ ।
निर्माता रावलले अब दुई चलचित्रहरु ‘लाहुरे’ र ‘उलन म्यारी’ को नामक चलचित्र निर्माण कार्यको थालनी समेत गरिसकेका छन् ।

Comments