• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
शुक्रवारबाट अलनेपाल प्रदर्शनमा फिल्म ’रातो घर’
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०७४

१८ जेठ । यही शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आउन लागेको विल्सन विक्रम राई (तक्मे बुढा) अभिनित फिल्म ’रातो घर’ ट्रेलर र गीतसंगीतबाटै चर्चित बनेको छ ।

हास्यटेलि श्रृंखला ’मेरी बास्सै’ मा तक्मे बुढाको भूमिका निर्वाहा गरेपछि रातारात चर्चामा आएका विल्सन विक्रम राईले फिल्म ’रातो घर’ मा दमदार अभिनय गरेका छन् । नेपालको पूर्वी क्षेत्र झापामा हुने अपराधिक क्रियाकलापमाथि आधारित भएर निर्माण भएको ’रातो घर’ मा विल्सनको कमेडी संवादले दर्शकलाई भरपूर मनोरञ्जन दिने जनाइएको छ । ’रातो’ को अंग्रेजी अर्थ डेन्जर हुन्छ । सोहि डेन्जरलाई लिएर फिल्म डेन्जर घर अर्थात ’रातो घर’ नाम राखिएको हो । फिल्ममा अभिनय गर्ने कलाकारहरुले जेललाई डेन्जर अर्थात ’रातो घर’ भनेका छन् । मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको ’रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ’रातो घर’ मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

Comments