• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने
  • तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति द्वारा संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण
  • नालामा लडेको अवस्थामा भेटिएका एकजनाको मृत्यु
  • झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आईसियु सेवा सुरू
  • पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित
झापाको दमकमा लिम्बु चलचित्र महोत्सव–२०७४ हुने
प्रकाशित मिति: आइतबार, बैशाख १७, २०७४

दमक, १७ बैशाख । लिम्बु भाषिक चलचित्रको वजारीकरण गर्ने उद्देश्यले झापाको दमकमा लिम्बु चलचित्र महोत्सव–२०७४ हुने भएको छ । 

लिम्बु चलचित्रकर्मी संघको आयोजनामा आउँदो जेठ १७ देखि तिनदिने तेश्रो लिम्बु चलचित्र महोत्सव हुने भएको हो । आज दमकमा संघले पत्रकार सम्मेलन गरि स्थानीय किरात भवनमा तीन दिवसीय लिम्बु चलचित्र महोत्सव गर्न लागिएको जनाएको छ । संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सुर्यप्रकाश चेम्जोङले लिम्बु चलचित्रको व्यवसायीक प्रवद्र्धन गर्न र लिम्बु कलाकारहरुलाई एकै ठाँउमा उभ्याउन लिम्बु चलचित्र महोत्सवको आयोजना गरिएको बताउनुभयो । 

यसअघि संघले २०५९ सालमा पहिलोपटक पाँचथरको फिदीममा र २०६७ सालमा सुनसरीको धरानमा दोश्रो लिम्बु चलचित्र महोत्सव गरेको थियो । हालसम्म लिम्बु भाषका २७ चलचित्र बनेका छन् । 

 

Comments