• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने
  • तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति द्वारा संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण
  • नालामा लडेको अवस्थामा भेटिएका एकजनाको मृत्यु
  • झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आईसियु सेवा सुरू
  • पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित
मातातिर्थ औशीको अवसरमा शेखर च्याङको “आमा”
प्रकाशित मिति: बुधबार, बैशाख १३, २०७४

जननी जन्मभुमिश्य स्वर्गादपि गरीयसी.....

यि माथिका पंक्तिहरुले भनेजस्तै आमा र जन्मभमि स्वर्गभन्दा पनि प्रिय हन्छन् । आमा, त्यस्ती पात्र हन , मायाकी खानी हुन् जसका बिषयमा हरेक धर्मले उच्च स्थान दिनका साथै बृहत बर्णन गरको पाउछौ ।

हिन्दु धर्ममा आमाप्रतिको उच्च सम्मान दर्शाउने यस्तै एक पबित्र पर्व हो , आमाको मख हेर्र्नेदिन अर्थात मातातिर्थ औसी । यस दिनमा हरेक सन्तानले आफनी आमालाई प्रसन्न बनाउन मिठो मसिनो खुवाउने र उपहार दिने गर्दछन । तर गायक शेखर च्याङ लामाले भने आमाको महिमा झल्कने “आमा” बोलकोे गीत मार्फत यस बर्ष आमाको मुख हेर्ने दिनलाई स्मरण गरेका छन् ।

आफ्नै शब्द सगीतमा रहको गायक लामाको यस गीतको भिडियो समेत तयार गरिएको छ जसलाई निर्देशन गरेका छन्, बरिष्ठ संगीतकार एवम् म्यजिक एरन्जर राहुल प्रधानले गरेका हुन । भिडियोमा रिचा शर्माले आमा, रोशन लामा र अनुभव रेग्मीले छोराकोे चरित्र निकै उत्कृष्ट ढंगमा निभाएका छन ।

श्रीमानले कान्छि श्रीमती भित्राएपछि घर छाडेकी रिचाले छोरा अनुभवलाई डाक्टर बनाउन देखेकोे सपना पुरा गर्न भोग्नुपरेको यथार्थतालाई भिडियोमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

छोरा डाक्टर बनेकोे खबर सुनेपछि प्राण त्यागेकी आमा रिचा र रोशनबिचको क्लाइमेक्स सिनले जो कोहीलाई पनि भावुक बनाउछ । भिडियोमा श्रीमानको भूमिकामा सुरज र कान्छि श्रीमतीको भुमिकालाई सोफियाले निभाएकी छिन ।

भिडियोका निर्देशक प्रधानले गीतको भावले मन छोएकाले आफुले भिडियोको निर्देशन गर्ने निर्णय लिएको बताए । सबै कलाकारले उत्कृष्ठ अभिनय गरेकोमा धन्यवाद दिदै उनले गीतले सबैको मन जित्ने बिश्वास समेत ब्यक्त गरे । भिडियोलाई निसान घिमिरेले सम्पान गरेका छन भने ज्ञानेन्द्र शर्मा र निश्चल भण्डारीले खिचेका छन ।

Comments