• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले गरे ३ कोठे विद्यालय भवन हस्तान्तरण
  • संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम अधिबेशन सम्पन्न
  • न्यू सृष्टि दैनिकको छैटो बार्षिक उत्सवका अबसरमा बिभिन्न ब्यक्तिहरुलाई सम्मान
  • झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने
  • इलामको चुरे क्षेत्रबाट एक सय ५० क्युफिट सखुवाको काठ बरामत
चलचित्र तारेभीर दमकमा क्यान्सर पीडितका लागि सहयोगार्थ च्यारिटी शो सम्पन्न
प्रकाशित मिति: आइतबार, चैत्र ६, २०७३

दमक, ६ चैत्र । जेष्ठ १९ गते नेपाल भर रिलिजको समय पर्खेर बसिरहेकोे चलचित्र तारेभीर दमकमा क्यान्सर पीडितका लागि सहयोगार्थ च्यारिटी शो गरिएको छ ।

मध्यम वर्गीय परिवारका दुई युवतीले गरेको संघर्षमा आधारित रहेर बनेको चलचित्र तारेभीरमा अनेक प्रयत्नका साथ प्रहरीमा भर्ती भएर अपराधीहरूसित गर्ने संघर्ष नै फिल्मको मूल कथावस्तु हो । निर्देशक प्रेम सुब्बाले समाजमा दादागिरी गर्ने खराब प्रवृत्तिविरुद्ध प्रहरी संगठनको नारी पात्रलाई लिएर चलचित्रमा उतारिएको बताउनुभयो । यस चलचित्रमार्फत नै डेब्यु गरेकी नायिका रेखा फागोले चलचित्रमा आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाएकी छिन् । प्रहरी निरीक्षकको भूमिकामा देखिएकी विष्णु चेम्जोङको पनि प्रशंसा लायक अभिनय रहेको छ । डीएसपीको भूमिकामा निर्देशक सुब्बा आफै छन् । शनिबार दमकको पाथिभरा चलचित्र हलमा तारेभीर प्रदर्शन गरिएको थियो । पाथिभरा चलचित्र हलका प्रबन्धक तथा पूर्वाञ्चल वितरक चैतन्य बरालले धेरैजसो फिल्महरु प्रेम कथामा आधारित हुने गरे पनि यो फिल्म राष्ट्रप्रेम र प्रेरणादायी बनेका कारण च्यारिटी शो गर्न आफू मञ्जुर भएको दावी गर्नुभयो । क्यान्सर पीडितहरु सेसेहाङ शेर्मा , कुमारी लावती खजुम, सुन्दर नेम्बाङको उपचारको सहयोगार्थ च्यारिटी शो गरिएको र लगतै इलामको सिटी हलमा पनि चैत्र १९ गते च्यारिटी शो गरिने बताईएको छ । 

 

Comments