• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावप्रति असहमति जनाउदै गृहमन्त्रीले दिए राजीनामा
  • सुडान काण्ड : ३ पूर्व महानिरिक्षक भ्रष्टाचारी ठहर २ बर्षसम्मको कैद
  • महाअभियोग कदम सरकारका लागि महँगो हुने एमालेको चेतावनी
  • १५ हजार घुससहित गाउँपालिकाका कर्मचारी पक्राउ
  • पूर्वका आधा दर्जन श्रष्ठाहरु चितवन र ओखलढुंगामा सम्मानित
चलचित्र तारेभीर दमकमा क्यान्सर पीडितका लागि सहयोगार्थ च्यारिटी शो सम्पन्न
प्रकाशित मिति: आइतबार, चैत्र ६, २०७३

दमक, ६ चैत्र । जेष्ठ १९ गते नेपाल भर रिलिजको समय पर्खेर बसिरहेकोे चलचित्र तारेभीर दमकमा क्यान्सर पीडितका लागि सहयोगार्थ च्यारिटी शो गरिएको छ ।

मध्यम वर्गीय परिवारका दुई युवतीले गरेको संघर्षमा आधारित रहेर बनेको चलचित्र तारेभीरमा अनेक प्रयत्नका साथ प्रहरीमा भर्ती भएर अपराधीहरूसित गर्ने संघर्ष नै फिल्मको मूल कथावस्तु हो । निर्देशक प्रेम सुब्बाले समाजमा दादागिरी गर्ने खराब प्रवृत्तिविरुद्ध प्रहरी संगठनको नारी पात्रलाई लिएर चलचित्रमा उतारिएको बताउनुभयो । यस चलचित्रमार्फत नै डेब्यु गरेकी नायिका रेखा फागोले चलचित्रमा आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाएकी छिन् । प्रहरी निरीक्षकको भूमिकामा देखिएकी विष्णु चेम्जोङको पनि प्रशंसा लायक अभिनय रहेको छ । डीएसपीको भूमिकामा निर्देशक सुब्बा आफै छन् । शनिबार दमकको पाथिभरा चलचित्र हलमा तारेभीर प्रदर्शन गरिएको थियो । पाथिभरा चलचित्र हलका प्रबन्धक तथा पूर्वाञ्चल वितरक चैतन्य बरालले धेरैजसो फिल्महरु प्रेम कथामा आधारित हुने गरे पनि यो फिल्म राष्ट्रप्रेम र प्रेरणादायी बनेका कारण च्यारिटी शो गर्न आफू मञ्जुर भएको दावी गर्नुभयो । क्यान्सर पीडितहरु सेसेहाङ शेर्मा , कुमारी लावती खजुम, सुन्दर नेम्बाङको उपचारको सहयोगार्थ च्यारिटी शो गरिएको र लगतै इलामको सिटी हलमा पनि चैत्र १९ गते च्यारिटी शो गरिने बताईएको छ । 

 

Comments